प्रजिताको ‘मेरो आँखै राम्रो’

बिहिबार, ०९ भदौ २०७३, ११ : ४० शुक्रवार , Kathmandu
प्रजिताको ‘मेरो आँखै राम्रो’

मोतीराजको ‘क्या राम्री पुतली’
गायक मोतीराज खनालले तीजको कोसेली स्वरूप नयाँ एल्बम ‘क्या राम्री पुतली’ बजारमा ल्याएका छन् । एल्बममा दुईवटा तीज गीत समावेश छन् । ‘क्या राम्री पुतली’बोलको शीर्ष गीतमा पूर्णकला बिसी र गीता पराजुलीको स्वर रहेको छ । मोतीराजको शब्द र लय रहेको छ । त्यस्तै अर्को ‘यो सन्देश पठाई देऊ’ बोलको गीतमा मोतीराजकै स्वर, शब्द र लय रहेको छ । स्वरमा उनलाई सम्झना लामिछाने (मगर)ले साथ दिएकी छिन् ।

प्रजिताको ‘मेरो आँखै राम्रो’
गायिका प्रजिता गेलालको ‘मेरो आँखै राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जोहेब मानन्धरको शब्द र संगीत रहेको यो पप गीत उनको ‘प्रजिता’ एल्बममा समावेश हुनेछ । पासाङ योञ्जन लामाले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री सुषमा कार्की, रबिन र परेसले अभिनय गरेका छन् ।

 

Leave A Comment