पावर बैंक किन्दा ध्यान दिनुस्

सोमबार, ०६ भदौ २०७३, १० : ३१ शुक्रवार , Kathmandu
पावर बैंक किन्दा ध्यान दिनुस्

मानिसका हातहातमा मोबाइल पुगेको छ । तर, मोबाइलको ब्याट्री अपर्झट सकिँदा समस्या हुन्छ । यस्तै समस्याबाट छुटकारा पाउन पावर बैंकको प्रयोग बढ्दै गएको छ । कतै घुम्न जाँदा होस् वा बत्ती नपुुगेको ठाउँमा, मानिसहरू पावर बैंक लिएरै पुगेका हुन्छन् । अझ लोडसेडिङ भइरहने हाम्रोजस्तो देशमा यो प्रभावकारी पनि बन्दै गएको छ । यसको प्रभाव बढेरै होला, अहिले बजारमा विभिन्न कम्पनीले पावर बैंकको उत्पादन र बिक्री सुरु गरेका छन् । ती सबै कम्पनीले आफ्नो पावर बैंकले छिट्टै ब्याट्री चार्ज गर्ने दाबी गर्छन् । कस्तो पावर बैंक किन्दा उपयुक्त हुन्छ ? यी कुरामा ध्यान दिँदा फाइदा पुग्नेछ ।
– तपाईंले किन्ने पावर बैंकको ब्याट्रीको स्ट्रेन्थ कम्तीमा पनि स्मार्टफोनको ब्याट्री जतिको हुनुपर्छ ।
–मोबाइल ब्याट्रीमा लेखेको जानकारी पढ्नुस् । त्यसमा ब्याट्री स्ट्रेन्थबारे लेखिएको हुन्छ । जसले पावर ब्याट्री किन्न सजिलो हुन्छ ।
– पावर बैंकको ब्याट्रीको एमएएच अर्थात् ‘मिली एम्प आवर’ मोबाइलको ब्याट्रीभन्दा धेरै हुन जरुरी छ । यसले मोबाइल र ट्याबलेट पनि चार्ज गर्न मिल्छ ।
– पावर बैंक किन्दा त्यसको आउटपुट भोल्टेजबारे जानकारी लिनुस् । मोबाइललाई चाहिनेभन्दा धेरै भयो भने असर गर्न सक्छ ।
– तपाईंसँग मोबाइलका साथै ट्याबलेट पनि छ भने दुईवटा पोर्ट भएको पावर बैंक किन्नुस् । यसले तपाईंको समय र ब्याट्री लाइफ दुवै बच्छ ।
– पावर बैंकमा अटोकट फिचर छ÷छैन थाहा पाउनुस् । यसले मोबाइल चार्ज हुनेबित्तिकै पावर काटिने हुँदा ओभर जार्च हुँदैन । र, पावर सञ्चित पनि हुन्छ ।
– पावर बैंक कतिको राम्रो छ ? फोन चार्ज हुन्छ÷हुँदैन ? सोबारे थाहा पाउन एउटा माइक्रो एसबी चार्जिङ किट किन्नुस् । यसले तपाईंको फोन कति छिटो चार्ज हुन्छ, त्यही बेला पत्ता लगाउन सक्छ ।
– यदि चार्ज किटको लाइट अन छ भने बुझ्नुस्, तपाईंको मोबाइल चार्ज हुँदै छ । एउटा या दुइटा लाइटमात्र बलेको छ भने पावर बैंक कमजोर भएको बुझ्नुस् ।

Leave A Comment