जङ्गबहादुरसम्बन्धी अशुद्धि

सोमबार, ०६ भदौ २०७३, ०९ : ३५ प्रा. दिनेशराज पन्त , Kathmandu
जङ्गबहादुरसम्बन्धी अशुद्धि

श्री ३ जङ्बहादुरको जन्म वि.सं. १८७४ आषाढ ७ गते भएको हो । वि.सं. २०५५ मा ललितपुरबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ९३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको कुण्डलीसङ्ग्रह भन्ने लेखमा (त्यस पूर्णाङ्कको १४ पृष्ठमा), वि.सं. २०५९ मा काठमाडौँबाट विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित पुरुषोत्तमशमशेर ज.ब.रा.को श्री ३ हरूको तथ्य वृत्तान्त १ भागको दोस्रो संस्करणको ३ पृष्ठमा तथा वि.सं. २०६५ मा काठमाडौँबाट डा. ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा प्रकाशित दिनेशराज पन्तको विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धानका १३, ४० पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेछ । यसको उदाहरणको रूपमा वि.सं. २०७३ मा काठमाडौँबाट मकालु प्रकाशन गृहद्वारा प्रकाशित बुद्धिनारायण श्रेष्ठको जङ्गे–बुद्धेमा छापिएको खेम कोइराला बन्धुको जङ्गे सीमा खम्बा गन्ती गर्दै हिँड्ने बुद्धेमा लेखिएको १८७४ असार ४ (१८ जुन १८१७) मा जन्मिएका वीरनरसिंह नाम गरेको केटो जङ्गी स्वभावको भएकोले मामा माथवरसिंह थापाले यिनलाई जङ्गे भनेर बोलाउने गरेको हुँदा यसै घरेलु नामका कारण जङ्गबहादुरको नाम जङ्गे रहन गएको थियो (६३ पृ.) भनी लेखिएकोलाई देखाउनु पर्याप्त होला ।

   

Leave A Comment