मानसिक रोगको कारक नकारात्मक सोच

शनिबार, ०४ भदौ २०७३, ११ : २६ डा. रवि शाक्य
मानसिक रोगको कारक नकारात्मक सोच

म ४० वर्षीया महिला हुँ । मेरो स्वभाव पहिलादेखि नै जुनसुकै कुरा पनि सफा र चिटिक्क चाहिनुपर्ने खालको थियो । साथीहरू तथा घरका अन्य सदस्यले मलाई यसलाई अलि बढी नै सफा चाहिने भन्दै कहिलेकाहीँ झिँजो पनि मान्ने गर्थे । करिब १५ वर्षअघिको कुरा हो । मेरो एकजना आफन्तको मृत्यु हुँदा मैले लाशलाई नजिकबाट नियाल्नेदेखि काजक्रियाको सम्पूर्ण विधिमा नजिकबाट सहभागी हुनुपरेको थियो । लाश, मलामी, सेतो कपडा आदि त्यतिबेला मैले नजिकबाट नियालेको थिएँ । काजक्रिया सकिएपछि पनि मेरो दिमागमा त्यही लाश, मलामी, सेतो कपडा आदि घुम्न थाल्यो । लाश देखिन्छ कि भन्ने मनमा डर भइरहन्छ । सेतो कपडा देख्दा डर लाग्छ । चामल पनि देखेपछि फाल्न मन लाग्छ । लाश छोएकाले हात धोइरहनुपर्छ जस्तो लाग्छ । म अहिले आएर अन्य केही काम गर्न नसक्ने भएकी छु । मलाई घरका मानिसले ‘यो बौलाही’ भन्दै दुव्र्यवहार पनि गर्छन् । पागल भई भनेर हेला गर्छन् । मैले भोगिरहेको समस्या समाधान गर्ने केही उपाय छ कि ? 

आर
तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणहरूको आधारमा तपाईंलाई अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुश्चक्र) भन्ने मानसिक रोग लागेको बुझ्न सकिन्छ । अब्सेसन भन्नाले आफ्नो इच्छाविरुद्ध मनमा बारम्बार दोहोरिरहने कुनै सोच, चित्र वा आवेग भन्ने बुझिन्छ । यसलाई ग्रामोफोन (गाना बजाउने एक प्रकारको यन्त्र) चक्काको कुनै ठाउँमा सुई अड्केको अथवा कम्प्युटर ह्याङ भएको अवस्थासित तुलना गर्न सकिन्छ । आफ्नै दिमागको उपज भएको विचारचक्र पूर्णतया अर्थहीन र अनावश्यक भएको बुझ्दाबुझ्दै र रोक्न हरसम्भव प्रयास गर्दागर्दै निरन्तर विचारचक्र आइरहँदा सो व्यक्तिलाई निकै अप्ठ्यारो र असहज महसुस हुने गर्छ । यसले गर्दा उसको दैनिक क्रियाकलापमा पनि नकारात्मक असर हुन जान्छ । यो साह्रै पीडादायक मानसिक रोग हो । यसलाई सजिलै हटाउन सकिँदैन । 
कम्पल्सन अर्थात् बाध्यात्मक कर्म भन्नाले बारम्बार दोहो¥याइरहने कुनै कार्य हो, जुन उक्त काम, अनावश्यक र अत्यधिक छ भन्ने थाहा हुँदाहुँदै पनि गर्न बाध्य हुन्छ । सो कार्य गर्न नपाएमा ऊ क्रमशः अस्थिर र बेचैन हुँदै जान्छ । उक्त कार्य गरेपछि केही बेरका लागि शान्त हुन्छ तर फेरि दोहो¥याउन मन लाग्छ । प्रायः बाध्यात्मक कर्महरू विचारचक्रले उब्जाउने बेचैनीको प्रतिफल हुने गर्छन् । सामान्य अवस्थामा पनि चिन्ता बढ्दा विचारचक्र र बाध्यात्मक कर्म हुन सक्छ । जस्तै, धेरै पैसा बोक्दा बारम्बार खल्ती छाम्न मन लाग्न सक्छ । तर, रोगमा विचारचक्र तथा बाध्यात्मक कर्महरू यति धेरै हुने गर्छन् कि उक्त व्यक्तिको अरू महŒवपूर्ण दैनिक क्रियाकलापमा प्रस्ट असर देखिन थाल्छ । त्यसपछि मात्र त्यसलाई रोग अर्थात् डिसअर्डरको रूपमा लिनुपर्छ । यस्तो समस्या भएकालाई औषधि सेवन गराएर तथा व्यवहार परिवर्तन गर्ने उपचार विधि प्रयोग गरेर लक्षणहरू निकै नियन्त्रण गर्न सकिन्छ । यो रोग निर्मूल पार्न निकै गाह्रो हुन्छ । जुन अवस्थाले विचारचक्र बढाउँछ, सो व्यक्तिलाई लगातार सो अवस्थाको सामना गराउनुपर्छ । तर, बैचनी कम गर्ने बाध्यात्मक कार्य गर्नबाट रोक्नुपर्छ । सुरुमा बेचैनी झन् बढ्न सक्छ तर बिस्तारै बेचैनी कम हुँदै जान्छ र अन्ततः सो अवस्थामा कुनै बेचैनी हुँदैन । 
यो रोग लागेका निकै कम बिरामी मनोचिकित्सकको कोसिसका बाबजुद अझै खराब स्थितिमा पुग्ने गर्छन् । यस्ता बिरामीलाई मस्तिष्कको शल्यक्रिया पनि गर्ने गरिन्छ । यस्तो शल्यक्रियाले फाइदा हुने गरे पनि अरू अप्ठ्यारा प्रतिक्रियाका कारणले यो उपाचर विधि आधुनिक चिकित्सा क्षेत्रमा निकै विवादित छ । त्यसैले तपाईंले छिटोभन्दा छिटो मनोचिकित्सकसँग परामर्श गरेर उपचार सुरु गरे समस्या बिस्तारै हट्दै जानेछ । 
 

Leave A Comment