झूट दोहोर्‍याउने सुशील

बुधबार, १४ फागुन २०७६, ०१ : ४२ शुक्रवार
झूट दोहोर्‍याउने सुशील

भनिन्छ, झूट पनि बारम्बार दोहोर्‍याइयो भने त्यो साँचोजस्तो लाग्न थाल्छ। यही रणनीतिमा छ, ‘लभ डायरीज’को निर्माण टोली।

फेसबुकमार्फत यो टोलीले ‘माउथ पब्लिसिटी इज वर्किङ’ अर्थात् मौखिक प्रचारले काम गरिरहेको छ भनेर हल्ला गरिरहेका छन्। यस्तो हल्ला गर्नमा अग्रपंक्तिमा यो फिल्मका हिरो सुशील श्रेष्ठ पर्छन्।

आफैँले प्रायोजन गरेका समाचारका शीर्षक यस्ता हुन्छन्, ‘वितरक भन्छन्, फिल्म चल्यो, सुशील भाग्यमानी रहेछन् !’ अनि यिनै लिङ्क सेयर गर्दै मख्ख परिरहेका छन् सुशील।

यति मात्र कहाँ हो र ? हलहलमा गएर कलाकार आउँदैछन्, उनीहरुका कुरा सुनौँ भन्दै दर्शकको बाटो छेक्दै भिडियोमा बोल्न लगाएर हैरान ! अनि यस्ता भिडियो लाजैमर्दो गरी यिनै सुशीलले भिडियो सेयर गरिरहेका छन्। सय झूटलाई सत्य गराउने काइदा त कसैले सुशीलबाटै सिक्नुपर्ला !

Leave A Comment