टाटाको कार मेला सम्पन्न

शुक्रबार, ०३ भदौ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
टाटाको कार मेला सम्पन्न

सिप्रदी टेडिङको चारदिने ‘टाटा मोटर्स कार मेला सिजन–४’ सम्पन्न भएको छ । गत २६ देखि ३० गतेसम्म सञ्चालित मेलामा २ हजार ६ सय दर्शकले अवलोकनका साथै टेस्ट ड्राइभ पनि गरेका थिए ।
आयोजक सिप्रदी टे«डिङका अनुसार सो मेलामा उपस्थित दर्शकमध्ये ३ सय ८० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडी टेस्ट ड्राइभ गरे भने ९२ जनाले टाटाको गाडी खरिदका लागि बुकिङ गरेका थिए । १ सय ८२ भन्दा बढी सहभागीले आफ्नो गाडीको मूल्यांकन गराएको सिप्रदीले जनाएको छ । मेला ०७३ साउन  ३० गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको सिप्रदीले जनाएको छ ।

Leave A Comment