लक्ष्मीलाई जुन हेर्‍यो त्यही राम्रो

बुधबार, २९ माघ २०७६, १२ : १६ शुक्रवार
लक्ष्मीलाई जुन हेर्‍यो त्यही राम्रो

गएको वर्ष रिलिज भएको फिल्म ‘बुलबुल’ले अभिनेत्री स्वस्तिमा खड्कालाई मात्र फाइदा दिलाएन, त्यस फिल्मकी सहअभिनेत्री लक्ष्मी बर्देवालाई पनि उत्तिकै फाइदा पु-यायो।

स्टार भन्दा अभिनय चाहिने निर्देशकको रोजाइमा पर्न थालेकी बर्देवाको पछिल्लो फिल्म ‘सेल्फी किङ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। यो फिल्मलाई लिएर बर्देवा निकै खुसी देखिन्छिन्। विभिन्न टेलिभिजन कार्यक्रममा पुग्नेबित्तिकै उनको पहिलो काम ‘सेल्फी किङ’को बखान गर्नु रहने गरेको छ। हुन त मौकामा चौका हान्नु पर्छ नै, फेरि यो सबैले आशा गरेको फिल्म जो प-यो !

आफूले खेलेको फिल्मका दृश्यदृश्य मनपर्छन् र हुँदाहुँदा अघिल्लो साता रिलिज भएको यसको गीत निकै मन परेको भनेर फेसबुकमा स्टाटस नै लेखिन्। फिल्ममा ‘सेल्फी किङ’की क्विन अर्थात् श्रीमती बनेकी बर्देवा वन फिल्म वन्डर बन्न चाहन्नन्। त्यसैले त फिल्मको सफलताका लागि प्रशंसा गरेर हुन्छ कि पाएका प्लेटफर्ममा बोलेर हुन्छ, यसको प्रचारका लागि कुनै कमी छाडेकी छैनन्।

तर यसअघि ‘बुलबुल’का बेलामा पनि उनका यस्तै कुरा सुनिन्थे। अहिले सेल्फी किङको क्विन सरी नै बोलेकी छन्। अब उनको नयाँ फिल्म ‘प्रेमगीत ३’ आउँदैछ, त्यो बेला के भनेर बोल्ने हुन्, बडो प्रतीक्षा भएर पो आयो यार !

Leave A Comment