भुलक्कड क्रिस्टिन

बुधबार, ०१ भदौ २०७३, ११ : ०६ शुक्रवार , Kathmandu
भुलक्कड क्रिस्टिन

‘ट्वाइलाइट’ प्रसिद्धिकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले आफू सेलिब्रिटी हुँ भन्ने कुरा कहिलेकाहीँ बिर्सिने गरेको बताएकी छिन् । उनले यस्तो बताएपछि सामाजिक सञ्जालतिर उनलाई ‘भुलक्कड क्रिस्टिन’ भनी जिस्काइएको छ ।
फिल्म सेटमा काम गर्दैगर्दा आफूले आफ्नो सेलिब्रिटी छवि बिर्सिने गरेको उनले बताइन् । ‘फिल्म सेटमा काम गर्दा अथवा यस्तै कुनै काम गर्दा आफू सेलिब्रिटी हुँ भन्ने कुरा म बिर्सिन्छु । त्यतिबेला मलाई मानिससँग कुराकानी, अन्तरक्रिया गरेर सिक्न मन लाग्छ,’ उनले भनिन् । ‘ट्वाइलाइट’ र यसका सिक्वेलमा काम गरेर क्रिस्टिन हलिउडमा छाएकी हुन् ।

 

Leave A Comment