एलेक्साका लागि अमेजनको योजना

बुधबार, ०१ भदौ २०७३, १० : ०५ शुक्रवार
एलेक्साका लागि अमेजनको योजना

अमेजनले जब १ सय ८० डलरमा आफ्नो इको नामक स्मार्ट स्पिकर बजारमा ल्यायो त्यसले धेरैलाई आकर्षित ग¥यो । उक्त डिभाइस म्युजिक प्ले गर्न, घरमा बत्ती बाल्न र आफ्नो बोलीको कमान्डमा आफूले चाहेको तापक्रम बनाउन प्रयोग हुन्छ ।
इको बनाउनुको पछाडि अमेजनको ठूलो प्राविधिक योजना थियो । ऊ इकोलाई शक्ति प्रदान गर्दे एलेक्सा भ्वाइस सर्भिसको एक अभिन्न अंग बनोस् भन्ने चाहन्छ ।
अमेजनले जुनसुकै तरिकामा जे सेयर गरे पनि एप्पल, गुगल र माइक्रोसफ्टजस्ता ठूला प्राविधिक कम्पनीले यसलाई सहयोगीका रूपमा लिन्छन्, जुन सर्वपरी हुन्छ । यी कम्पनीहरू स्मार्ट फोनको स्क्रिन टच चर्चित भएजस्तै प्रयोगकर्तालाई इन्टरनेट सेवाको बारेमा नयाँ जानकारी दिन्छन् ।
विज्ञका अनुसार मानिसहरू आफ्नो जीवनमा एक सहायक इन्टेलिजेन्ट भए पनि चिक्त बुझाउँछन् । उनीहरूमध्ये धेरैलाई एउटा इन्टेलिजेन्ट असिसटेन्ट मात्र प्रयोग गर्न मन नहुन पनि सक्छ । यसको परिणामस्वरूप प्रत्येक कम्पनी आफ्नो डिभाइसमा धेरैभन्दा धेरै सहायक प्रविधि जडान गर्न चाहन्छन् ।
उदाहारणका लागि अमेजन एलेक्सा न्युक्यिसको अंग बनोस् भन्ने चाहन्छ । न्युक्यिस टर्च स्क्रिन र क्यामेरा भएको स्मार्ट इन्टरक्रोम स्टिम जुन गत हप्ता २ सय ४९ डलरमा बिक्री भएको थियो । न्युक्यिसका मालिकले यसमा एलेक्सा म्युजिक प्ले र मौसमको जानकारी दिने प्रविधि प्रयोग गर्न सक्छन् । एक टेलिफोन अन्तर्वार्तामा न्युक्यिसका प्रमुख जोनाथन फ्राक्लिनले न्युक्यिसमा एलेक्सलाई गाभ्न कुनै कठिनाइ नभएको बताएका छन् । उनले यो डिभाइसका लागि अझ प्रभावकारी हुने बताए । ‘हामीले यसको उपयोगिताका लागि करिब १ सय ८० डलर लगानी गर्दैछौँ । पछि थप गरेर दुई सय डलर बनाउन सकिन्छ,’ उनले भने ।  
अहिलेसम्म केही साना कम्पनीले आफ्नो उत्पादनमा एलेक्सा जडान गर्ने वाचा गरिसकेका छन् । यस्ता कम्पनीहरूमा ट्रिबी, को–वाच तथा पिब्लीकोर छन् ।
चर्चित मोटर उत्पादन कम्पनी फोर्डले पनि अमेजनसँग मिलेर काम गरिहेको बताएको छ । उसले आफ्नो गाडीमा एलेक्सा जडान गर्दा ड्राइभरले लाइट, थर्मोस्टाट्स र सेक्युरिटी स्टिमजस्ता स्मार्ट होम फिचर प्रयोग गर्नसक्ने जनाएको छ ।
हालसम्म १० हजारभन्दा बढी कम्पनीले एलेक्सासँग सहकार्य गर्न नाम दर्ता गरिसकेको अमेजनले जनाएको छ । उसले आफ्नो इको युनिट कति बिक्री भएको नबताए पनि लाखौँ डिभाइसमा आफ्नो प्रविधिको प्रयोग भएको दाबी गरेको छ ।
सोनोज कम्पनीका प्रमुख जोन म्याकफ्रारलेनले यसै वर्ष एक ब्लगमार्फत आफूहरू म्युजिक प्लेका लागि एलेक्साको भ्वाइस कन्ट्रोलसँग सहकार्यका लागि काम गरिरहेको बताएका थिए ।
अमेजनका वरिष्ठ उपाध्यक्ष डेभिड लिम्फले आफ्नो कम्पनीले धेरै एलेक्सा प्रयोग भएको इन्डप्वाइट बनाउन चाहेको बताएका छन् । अमेजनले आफ्नो लाइनअप एकेक्सा प्रयोग गरिएको इको डट, इको ट्यापमा विस्तार गरेको थियो ।
‘हाम्रो दूरदर्शी योजना करिबकरिब स्टार ट्रिक कम्पनीको जस्तै हो,’ लिम्फले भने । तर, विज्ञहरूले अमेजनले आफ्नो उत्पादनभन्दा बाहिर एलेक्साको प्रयोग गर्न असमर्थ रहेको भन्दै यसको आलोचना गर्दै आएका छन् ।
स्मार्ट फोनको बजारमा भारी घाटा बेहोरेको अमेजनले इकोको प्रगतिलाई केबल एक संकटमोचनका रूपमा लिँदै आएको छ । स्मार्टफोनको बजारमा आफ्नो दबदबा भएका कारण एप्पल र गुगललाई स्पष्ट फाइदा छ । यसका लागि उनीहरूले एलेक्साको सिरी र गुगल सहायक भर्सन खरिद गर्र्दैछन् ।
एप्पलमा होम किट प्रविधि जडान गरिएको छ, जसबाट प्रयोगकर्ताले थर्रमोस्टाट्स कन्ट्रोल, लाइट स्विचजस्ता फिचरको प्रयोग गर्न सक्छन् । त्यस्तै गुगलले इकोजस्तै होम स्पिकर ल्याउने योजना सार्वजनिक गरिसकेको छ ।
ज्याकडअ रिसर्चका विज्ञ जन डसनका अनुसार मानिसहरू दिनभरि यस्ता सहायक डिभाइसको प्रयोग गर्न चाहन्छन्, जुन सधैँ आफ्नो साथमा होस् ।
अमेजनले आफ्ना स्मार्टफोन प्रयोगकर्तालाई एक एपमार्फत एलेक्सा फङ्सनको प्रयोग गर्न दिने बताए पनि डसनले भने अमेजनको एलेक्सा फङ्सनले एप्पल र गुगलको स्मार्टफोनमा काम गर्नेमा दुविधा रहेको बताए ।

 

Leave A Comment