लुलियालाई सलमानको उपहार

बुधबार, ०१ भदौ २०७३, १० : ०३ शुक्रवार , Kathmandu
लुलियालाई सलमानको उपहार

रोमानियन मोडल लुलिया वांतुर र बलिउड अभिनेता सलमान खानबीच अफेयरको चर्चा केही महिनायता चलिरहेको छ । यद्यपि, दुवैले यसलाई स्वीकार गरेका छैनन् । उनीहरू आफूलाई मिल्ने साथी मात्र बताउँछन् ।
यस्तोमा उनीहरूबीचको सम्बन्ध मित्रताभन्दा बढी नै भएको लख काट्दै विभिन्न समाचार गत साता आए । सलमानले युलियालाई आफैँले कोरेको पेन्टिङ दिएपछि दुईबीच प्रेम रहेको चर्चा पुनः चलेको छ ।
सलमानले दिएको पेनिटङ  लुलियाले गत साता इन्स्टाग्राममा सेयर गरेकी थिइन् । त्यसमा उनले पेन्टिङ सलमानले दिएको उल्लेख गरिनन् । तर, पेन्टिङको तल सलमानको हस्ताक्षर देखेपछि पेन्टिङ सलमान आफैँले कोरेर दिएको तय भयो ।

Leave A Comment