‘मेरो नाम सुन्दा मान्छे हाँस्छन्’

बुधबार, ०१ भदौ २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
‘मेरो नाम सुन्दा मान्छे हाँस्छन्’

राजेश हमाल, गायक
 
अचेल केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतसँगै इभेन्ट म्यानेजमेन्ट गरिरहेको छु । जे गरे पनि संगीत क्षेत्रमै व्यस्त छु ।
संगीत क्षेत्रमा कसरी आउनुभयो ?
अग्रज दाइहरूले गितार बजाएर गाएको सुन्दा म पनि आकर्षित हुन्थेँ । उहाँहरूकै संगतले मैले पनि संगीतको अभ्यास थालेँ । त्यसरी टोलका साथीहरूबीच सल्लाह गरेर द म्यासेन्जर ब्यान्ड पनि स्थापना ग¥यौँ । त्यसपछि निरन्तर यही क्षेत्रमा लागिरहेँ ।
कति भयो संगीत क्षेत्रमा लाग्नुभएको ?
मैले गाउन थालेको २२ वर्ष भयो । पहिलादेखि नै मैले पप गीत गाएँ यसैबाट स्थापित पनि भएँ ।
कतिवटा एल्बम ल्याइसक्नुभयो ?
हालसम्म आफ्नै एल्बम चारवटा निकालिसकेँ । कलेक्सन गरी २० वटा जतिमा गाएको छु ।
नायकसँग नाम मिल्दो रहेछ, कस्तो लाग्छ ?
कतै आफ्नै नाम भन्नेबित्तिकै मान्छे हाँस्छन् । चर्चित मान्छेसँग नाम मिल्दा ओझेलमा परिँदो रहेछ । युट्युबमा मेरो नामबाट गीत खोज्दा भेट्नै मुश्किल हुन्छ ।
संगीत क्षेत्रमा टिक्न कत्तिको ग्राहो छ ?
धेरै नै गाह्रो छ अहिलेको अवस्थामा त । एक त एल्बम बिक्दैन, अर्को– एल्बमसँगै भिडियो पनि बनाउनुपर्छ । भिडियो र गीत प्रसारण गर्न पनि चिनेजानेको सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ । टेलिभिजनपिच्छे निर्देशक छन् । उनीहरूले बनाएका भिडियो मात्र बज्छन् । गायकले अहिले धेरै खर्च गर्नुपर्ने अवस्था छ तर आम्दानीको स्रोत कम छ ।
कसरी टिकिरहनुभएको छ त ?
इभेन्ट पनि म्यानेज गर्ने भएकाले अलि सहज छ । देशविदेशमा कार्यक्रम गर्दा टिक्न सकिएको छ ।
संगीत क्षेत्रमा लाग्नेको भविष्य कस्तो देख्नुहुन्छ ?
मेहनत गर्नेहरूका लागि त राम्रै हुन्छ । तर, रहरका भरमा आउने र पैसाको भरमा गाउनेहरूका कारण वास्तविक प्रतिभा भएका तर पैसा नभएका गायकलाई धेरै गाह्रो छ ।
 

 

Leave A Comment