जोलीको स्पष्टोक्ति

सोमबार, ३१ साउन २०७३, १० : १४ शुक्रवार , Kathmandu
जोलीको स्पष्टोक्ति

हलिउड अभिनेत्री एन्जेलिना जोलीले ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ फिल्मको रिमेकमा काम गर्ने खबर सञ्चारमाध्यममा आएको थियो । तर, उनले फिल्ममा आफूले काम गर्ने सम्भावना नरहेको स्पष्ट पारेकी छिन् ।
‘फिल्ममा काम गर्नेबारे मैले निर्माण युनिटसँग मोलमोलाइ गरेको भन्ने समाचार आएको थियो । तर, फिल्ममा काम गर्नेगरी मैले कसैसँग छलफल अथवा सम्झौता गरेकी छैन । म यो फिल्मको हिस्सा होइन भन्ने प्रस्ट पार्न चाहन्छु,’ जोलीले भनिन् ।  
सन् १९३४ मा  यही नामबाट निस्किएको उपन्यासमा आधारित रहेर सन् १९७४ मा ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ फिल्म बनेको थियो । निर्देशक केनेथब्रानाग अहिले सोही फिल्मको रिमेक गर्ने तयारीमा जुटेका छन् ।

 

Leave A Comment