पैसा कमाउन घिनलाग्दो हर्कत

शनिबार, ०४ माघ २०७६, १२ : ४० शुक्रवार
पैसा कमाउन घिनलाग्दो हर्कत

एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गरेर महिला यात्रुको कपालमा छर्किएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो। २०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सिटमा भएको थियो, यो घिनलाग्दो घटना।

भिडियो सार्वजनिक भएलगत्तै सार्वजनिक यातायातमा महिला असुरक्षित रहेको बहसले तिव्रता पायो। यस्ता हर्कत गर्नेमाथि कार्बाहीको माग भयो। प्रहरीले बस फेला पा-यो, बा २ ख ९३२६। तर त्यस्तो काम गर्ने नालायकलाई फेला पार्न सकेन।

घटना सेलायो।
घटना सेलाए पनि प्रहरी सेलाएको थिएन। सार्वजनिक सवारी साधनमा यस्तो घिनलाग्दो काम गर्नेको पहिचान प्रहरीले गरिसकेको थियो तर फेला पारिरहेको थिएन। तर एक वर्षपछि भए पनि महानगरीय प्रहरी अपराध महशाखाले ती युवालाई पक्राउ गरिछाड्यो।

ती थिए, रविन रुचाल। उनी एक वर्षसम्म भारतमा लुके तर पनि यो घिनलाग्दो काम गरे बापतको कानुनी दण्डबाट जोगिन सकेनन्। अपराध महाशाखाको टोलीले उनलाई सोमबार चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याई कार्बाही प्रक्रिया अगाडि बढाइसकेको छ।

सामाजिक सञ्जालको भूतले फन्दामा
पक्राउ परेका रुचाल तीन वर्षदेखि काठमाडौँको बानेश्वरमा रिक्सा चलाउँदै आएका थिए। मोबाइल बोक्थे उनी। इन्टरनेटतिर पनि बराल्लिन्थे। भिडियो धेरैले हे¥यो भने पैसा कमाइन्छ भन्ने सुनेका उनी सजिलै पैसा कमाउने धुनमा लागे।

सेक्ससम्बन्धी भिडियो भयो भने धेरैले हेर्छन् भनेर उनले अनेक तालका भिडियो बनाउने आइडिया लगाए। अन्त्यमा बसमा हस्तमैथुन गरेको भिडियो बनाए चल्छ भनेर सार्वजनिक बसमा चढे। आफू बसेको सिट नजिकै युवती आएर बसेपछि योजनाअनुसार मोबाइलको क्यामरा अन गरेर हस्तमैथुन गरेको दृश्य खिचे अनि सामाजिक सञ्जालमा पोस्ट गरे।
सामाजिक सञ्जालमा पोस्ट गरेलगत्तै गाली खान थालेपछि बल्ल उनको चेत खुल्यो।

जोगिन दिल्ली
केही दिन उनी काठमाडौंमै बसे। उनको भिडियोको चर्को विरोध शुरु भयो। प्रहरीमा जाहेरीसमेत परेको चाल पाएपछि पक्राउ पर्ने डरले भागेर उनी दिल्ली पुगे। दिल्लीमा उनले तीन महिना मोमो फ्याक्ट्रीमा काम गरे। दिल्लीमा टिक्न सकेनन् अनि भारतको कश्मिरमा गएर बसे। उतै काम गर्न थाले। घटना भएको एक वर्ष भइसकेको अनि प्रहरीले पनि खोज्न छाडेको ठानेर उनी चितवनमा रहेको घरमा आए।

उनको खोजी प्रहरीले छाडेको थिएन। उनी घर फर्किएलगत्तै प्रहरीले उनीबारे सूचना पाइहाल्यो। अनि महाशाखाले चितवन प्रहरीको सहयोगमा गत सोमबार पक्राउ गरेर काठमाडौँ ल्यायो।

Leave A Comment