वर्षा सिवाकोटी भएपछि..

बिहिबार, ०२ माघ २०७६, १२ : १८ शुक्रवार
वर्षा सिवाकोटी भएपछि..

फिल्मले साथ नदिए पनि चर्चाका लागि सामाजिक सञ्जालको भरपूर साथ छ, नायिका वर्षा शिवाकोटीलाई। त्यसमा पनि बेलाबखत समाचारका शब्द चिप्लँदा पनि उनलाई फाइदै हुने रहेछ। यस्तै भयो यो साता। पानी परिरहेको समाचार लेख्ने क्रममा वर्ड स्पिल भएर एक अनलाइनमा वर्षा सिवकोटी भएको छ भनेर समाचार आयो। समाचार भाइरल हुने नै भयो। आफ्नै बारेमा चर्चा भएपछि उनी के चुप लागेर बस्थिन् र ! उनी पनि मिसिएन यो रमाइलोमा र पानी परिरहेको तस्बिर इन्स्टाग्राममा राख्दै ‘यता पनि वर्षा शिवाकोटी भएछ’ लेखिन्। हट तस्बिर त छुट्ने कुरै भएन उनको इन्स्टामा। जे होस्, वर्षालाई वर्षा पनि मज्जैले फाप्यो यसपालि चर्चाका लागि।

Leave A Comment