इन्स्टाग्राममा ‘स्टोरिज फिचर’

सोमबार, ३१ साउन २०७३, १० : ०१ शुक्रवार , Kathmandu
इन्स्टाग्राममा ‘स्टोरिज फिचर’

इन्स्टाग्रामले स्न्यापच्याटजस्तै ‘स्टोरिज फिचर सुरु गरेको छ । स्टोरिज फिचरको प्रयोग गरी प्रयोगकर्ताले आफूलाई मन परेको फोटो तथा भिडियो सेयर गर्न सक्छन् । तर, उक्त फोटो तथा भिडियो २४ घण्टापछि स्वतः हराउनेछ ।
उक्त फिचरको प्रयोग गरी स्लाइड सो फम्र्याटमा फोटो र भिडियोलाई एकै पटक सेयर गर्न सकिन्छ । यस क्रममा प्रयोगकर्ताले टेक्स्टसमेत प्रयोग गर्न सक्नेछन् ।
प्रविधिको दुनियामा ठूलठूला कम्पनीले नयाँ फिचर ल्याउनु सामान्यजस्तै मानिन्छ । तर, एउटा कम्पनीले ल्याएको फिचरमा प्रयोगकर्ता आकर्षित भए भन्दैमा अन्य कम्पनीको त्यस्तै फिचरमा प्रयोगकर्ता आकर्षित नहुन पनि सक्छन् । फेसबुकले दुई वर्षअघि अन्य कम्पनीको फिचर कपी गर्दै स्लिङ्सट नामक फिचर ल्याएको थियो जुन प्रयोगकर्ता तान्न असफल भएको थियो ।
स्न्यापच्याटले भने सन् २०११ मा नै स्टोरिज फिचरको सुरुवात गरेको थियो ।

Leave A Comment