फेसबुकको आम्दानी ६० प्रतिशतले बढ्यो

आइतबार, ३० साउन २०७३, ११ : ३० शुक्रवार , Kathmandu
फेसबुकको आम्दानी ६० प्रतिशतले बढ्यो

विश्वको नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो आम्दानी करिब ६० प्रतिशतले बढेको जनाएको छ । वाल स्ट्रिटले जारी गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म फेसबुकको आम्दानी ६० प्रतिशतले वृद्धि भएको जनाएको हो ।
जुन गत वर्षको यही अवधिको भन्दा झण्डै दोब्बर हो । गत वर्ष यही अवधिमा ७१ करोड ९० लाख आम्दानी गरेको फेसबुकले यस वर्षको यही अवधिमा दुई सय करोड डलर आम्दानी गरेको छ ।
यसक्रममा फेसबुकले विज्ञापनबाट मात्रै छ मिलियन डलरभन्दा बढी आम्दानी गरेको छ । वाल स्ट्रिटका अनुसार स्मार्टफोनमा भएको फेसबुक एप र हालै ल्याइएको भिडियो फिचरका कारण प्रयोगकर्ताको संख्या बढेको र उनीहरूले फेसबुक चलाउँदा विज्ञापन हेर्ने भएकाले आम्दानीमा पनि वृद्धि भएको जनाएको छ ।
फेसबुकको आम्दानीमा ८६ प्रतिशत हिस्सा मोबाइल एड्भरटाइजको छ । गत वर्ष मोबाइल एड्भरटाइजको हिस्सा ७६ प्रतिशत थियो ।

Leave A Comment