रिचार्जरको एपमा क्रिसमस क्याप याेजना

आइतबार, ०६ पुष २०७६, ०६ : ३८ शुक्रवार
रिचार्जरको एपमा क्रिसमस क्याप याेजना

मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गर्दै आफ्नो एप डाउनलोड गर्नेलाई दुईवटा क्रिसमस क्या निशुल्क दिने घोषणा गरेको छ । पुस ७ सोमबार साँझ ३ बजेदेखि ४ बजेभित्र रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्ने कम्पनिका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले जानकारी दिए । 

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले एक सय क्यास पोइज्ट समेत पाउन सक्नेछन् । यसरी आउने एक सय क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने कम्पनिले जानकारी दिएको छ । 

कम्पनिका अनुसार क्याप अर्डर गर्दा अरु शुल्क लाग्दैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नुपर्ने कम्पनिले बताएको छ । 
 

Leave A Comment