९० करोड एन्ड्रोइड फोन खतरामा

शनिबार, २९ साउन २०७३, १० : ४४ शुक्रवार , Kathmandu
९० करोड एन्ड्रोइड फोन खतरामा

सफ्टवेयरको गडबडीका कारण करोडौँ एन्ड्रोइड फोनको डाटा ह्याक हुने खतरा बढेको छ । अमेरिकी कम्पनी क्वालकमले बनाएको चिपसेट्समा चलेका सफ्टवेयरको जाँचको क्रममा यस्तो खतरा पत्ता लागेको हो ।
चेकप्वाइन्टका शोधकर्ताले सफ्टवेयरमा रहेका यस्तो बग्सको  खोजी गरिरहेका छन् । कम्पनीका अनुसार झण्डै ९० करोड एन्ड्रोइड फोनमा क्वालकमको प्रोसेसर प्रयोग भएको छ । अहिलेसम्म ह्याकरले यो कमजोरीको फाइदा लिएको प्रमाण अहिलेसम्म आएको छैन ।
चेकप्वाइन्टका अधिकारी माइकल साउलवले भने– ‘अबको तीनचार महिनाभित्र ह्याकरले यो कमजोरीको फाइदा पक्कै लिनेछन् ।’ फोनको ग्राफिक्ससँग सम्बन्धित सफ्टवेयर र फोनको भित्री प्रक्रियाको बीचमा कम्युनिकेसन चलाउने कोडमा खराबी भेटिएको हो ।
यसबाट प्रभावित हुन सक्ने मोबाइल
ब्ल्याकबेरी प्रिव र डिटेक ५०, ब्ल्याकफोन १ र ब्ल्याकफोन २, गुगल नेक्सस ५ एक्स, नेक्सस ६ र नेक्सस ६ पीएचटीसी वान, एचटीसी एम ९ र एचटीसी १०, एलजी जी ४, एलजी जी ५ र एलजी भी १०, मोटोरोलाको न्यु मोटो एक्स वान प्लस वान, वान प्लस टू र वान प्लस थ्री, सामसुङ ग्यालेक्सी एस ७ र सामसुङ एस ७ एज (अमेरिकी भर्सन) सामसुङ एस ७ एजसोनी एक्सपिरिया जेड अल्ट्रा ।

 

Leave A Comment