भाउ बढाइन् दीपिकाले

शनिबार, २९ साउन २०७३, १० : ४० शुक्रवार , Kathmandu
भाउ बढाइन् दीपिकाले

हलिउडमा भाग्य परीक्षण गरिरहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले बलिउडमा आफ्नो भाउ बढाएकी छिन् । विभिन्न सुपरहिट फिल्ममा काम गरेर चर्चाको शिखरमा पुगेपछि हलिउड हानिएकी उनले बलिउडमा काम गरेबापत चर्को मूल्य असुल्न सुरु गरेकी छिन् ।
सञ्जय लीला भन्सालीको फिल्म ‘राम लीला’ र ‘बाजीराव मस्तानी’मा काम गरेकी दीपिकाले भन्सालीकै नयाँ फिल्म ‘पद्मावती’मा काम गर्ने भएकी छिन् । फिल्ममा उनको जोडी भएर प्रेमी रणवीर सिंहले काम गर्नेछन् । सुल्तान अलाउद्दीन खिलजीको भूमिकामा रणवीर देखा पर्नेछन् ।
‘फिल्ममा काम गरेबापत कुल मुनाफाको निश्चित हिस्सा आफूले पाउनुपर्ने माग सुरुमा दीपिकाले गरेकी थिइन् । अहिलेसम्म आमिर खानजस्ता अभिनेतालाई मात्रै निर्माताहरूले मुनाफामा हिस्सेदार बनाउने गरेका छन् । उनीहरूले दीपिकालाई हिस्सेदारी दिन अस्वीकार गरे, तर उनलाई पारिश्रमिकस्वरूप १० करोड भारु दिन राजी भए । यसअघि दीपिकाले यति धेरै पारिश्रमिक पाएकी थिइनन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment