सुर डायरी

शुक्रबार, २८ साउन २०७३, ११ : ३६ शुक्रवार , Kathmandu
सुर डायरी

मदनगोपालको ‘तिम्रो खबर’
गायक/संगीतकार मदनगोपालले ‘तिम्रो खबर आएन खै’ बोलको नया“ गीत सार्वजनिक गरेका छन् । पत्रकार पारस नेपालले लेखेको गीत पाकिस्तानी संगीतकार इमाद रहमानले संगीतबद्ध गरेका हुन् । संगीत संयोजन पनि इमादकै हो, जो कराँचीमा बसेर संगीतकर्ममा क्रियाशील छन् । सुरजसिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता भोलाराज सापकोटा, वर्षा शिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् ।  ‘इमाद दुई वर्षअघि काठमाण्डौँ आएका बेला कल्चरल एक्सचेन्जका रूपमा यो गीतको काम सुरु भएको थियो,’ मदनले भने, ‘स्रोताले यसलाई नया“ स्वादका रूपमा लिनुहोला भन्ने आशा छ ।’ मदनगोपालले यसअघि ‘अलमोस्ट’, ‘आकृति’, ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम निकालिसकेका छन् ।


कल्पनाको ‘बेस्सरी नाचिन्छ’
गायिका कल्पना विसीको ‘बेस्सरी नाचिन्छ’ बोलको तीजगीत सार्वजनिक भएको छ । स्वरमा उनलाई राजेन्द्र विष्टले साथ दिएका छन् । राजेन्द्रकै शब्द र संगीत रहेको गीतको भिडियोमा मोडलद्वय पार्वती राई र नरेश जोडीले नृत्य गरेका छन् । भिडियोको निर्देशन कालु तामाङ (अनिश)ले गरेका हुन् ।

कविताको ‘गुन्टा कस बुढिया’
गायिका कविता गौतम र गायक रेशम सापकोटाले ‘गुन्टा कस बुढिया’बोलको कमेडी तीजगीत सार्वजनिक गरेका छन् । गीतमा शब्द र संगीत पनि रेशम स्वयंले गरेका छन् । गीतको भिडियो निर्देशन पनि रेशम आफैँले गरेका छन् । कमेडी शैलीमा निर्माण गरिएको गीतको भिडियोमा पनि कविता र रेशमकै अभिनय देख्न सकिन्छ ।

अञ्जुको ‘बरी लै’
 गायिका अञ्जु गौतमले तीजलाई लक्षित गरेर आफ्नो सातौँ एल्बम ‘बरी लै’ बजारमा ल्याएकी छिन् । पूर्वमै बसेर गायनमा सक्रिय रहेकी अञ्जुले पाँच गीत रहेको ‘बरी लै’ एल्बम ल्याएकी हुन् । एल्बममा नारी प्रधान सन्देश र संस्कृतिसम्बन्धी गीत समेटिएको उनले बताइन् । २०६८ सालबाट गीत रेकर्ड गराएर संगीतमा लागेकी अञ्जुका हालसम्म ‘अल्झियो मन’, ‘आफ्नै रीति’, ‘अक्षतामा फूल’, ‘उज्यालो’ लगायत एल्बम बजारमा आइसकेका छन् ।

सुमनको ‘पिरतीको फूलै फुल्यो’
गायक सुमन श्रेष्ठ (संगम)को नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरतीको फूलै फुल्यो’ बोलको उक्त गीतमा नोभा थोप्रा लिम्बूको समेत स्वर रहेको छ । उनको ‘दृश्य २’ नामक एल्बममा समावेश गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत ओमप्रकाश राईको रहेको छ । सुरेश कार्कीले भिडियो निर्देशन गरेको गीतमा कृष्टिना र सुरेश फिचरिङमा छन् ।

काव्यको ‘मखमली’
गायिका काव्य आचार्यको ‘मखमली’ नामक एल्बम सार्वजनिक गरेकी छिन् । एल्बममा ‘आउ नाचौं संगी हो छम छम छम’ बोलको एउटा तीज गीत समावेश छ । सुमन बैरागीको शब्द, राजन ठकुरीको संगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । नारायण ढकालले निर्देशन गरेको गीतको भिडियोमा रश्मी तामाङ र रचना डोटेलको अभिनय रहेको छ ।

 

Leave A Comment