‘१२ सत्ताइस’को २७ मोह

बिहिबार, ०५ मङि्सर २०७६, ०२ : २२ शुक्रवार
‘१२ सत्ताइस’को २७ मोह

फिल्मको नाम नै ‘१२/२७’ भएपछि खासमा रिलिज मिति चैत २७ भएको भए गज्जब हुन्थ्यो होला तर यही मंसिर २७ गते ‘१२ सत्ताइस’ फिल्म रिलिज पक्का छ। यससँगै ‘१२ सत्ताइस’ले प्रचार तीव्र बनाएको छ। हालै यसले आफ्नो ट्रेलरसमेत सार्वजनिक ग-यो।

तीन जना बेरोजगारले प्रहरी चौकीबाटै पैसा लुटेपछि सो पैसा पचाउन गर्नु परेको भागदौडलाई फिल्मको ट्रेलरमा देखाइएको छ। बेरोजगार भएपछि पैसा कमाउने अनेक उपाय लगाउने र गलत उपायले उनीहरु कसरी रुमल्लिन्छन् भन्ने कथा फिल्मले बोकेको छ।

फिल्ममा नयाँ अनुहारको भिड छ। ह्याप्पी प्लानेट फिल्मस्ले कमेरो स्क्रिनसँग सहकार्य गरी निर्माण गरेको यस फिल्ममा फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना मगर, अस्मिता लमिछाने, ऐवन आचार्य, सम्रान्ट थापा, अस्मिता खनाल, करन साउद, बिना कार्की र धर्मेन्द्र प्रताप मल्लको अभिनय रहेको छ। फिल्मलाई जोन योञ्जनले लेखन÷निर्देशन गरेका छन्।


 

Leave A Comment