सकियो सप्तरंग

बिहिबार, ०५ मङि्सर २०७६, १२ : ३४ शुक्रवार
सकियो सप्तरंग

सातै प्रदेशमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसाथ शुरु भएको सांगीतिक अभियान ‘सप्तरंग २’ सकिएको छ। पोखरामा सातौँ कार्यक्रमको आयोजनासँगै कार्यक्रमको दोस्रो श्रृंखलाको समापन भएको हो।

गृष्मा बोर्डकास्टिङको आयोजनामा भएको कार्यक्रममा नायक राजेश हमाल, गायिका मेलिना राई, लगायत सात जना कलाकार सहभागी थिए। सातै कलाकार सात प्रदेशमा पुगेका थिए। कार्यक्रम महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज, बुटवलमा सम्पन्न गरिएको थियो।

सात प्रदेशमा आयोजित कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीहरुले गरेका थिए। आयोजक गृहेन्द्र घिमिरेका अनुसार सप्तरंग सात श्रृंखलासम्म चल्नेछ।

Leave A Comment