कस्तो पाखण्ड हो ?

बुधबार, ०४ मङि्सर २०७६, ०१ : ०१ शुक्रवार
कस्तो पाखण्ड हो ?

पाँच वर्षको प्रेम सम्बन्ध छुटेको पनि तीन वर्ष भइसकेको थियो। तीन वर्षसम्म कसैसँग रिलेसनसिपमा बसिनँ। धेरै जना मान्छेले रिक्वेस्ट गरे, अहँ मलाई फेरि मन दुखाउनु थिएन। त्यसैले कसैसँग सम्बन्ध गाँसिनँ।

बाहिर जाने तयारी गरिरहेकी थिएँ। एक दिन म्यासेन्जरमा म्यासेज आयो। खासै म्यासेन्जरमा नबोल्ने म त्यो दिन बोलुँबोलुँ लाग्यो। हामी बोल्दै गयौँ। भेट्ने कुरा भयो। हामी डेटिङ जान थाल्यौँ। मैले पनि उसलाई अति माया गर्थें। उसले पनि मलाई मरुँला जसरी माया गथ्र्याे। त्यो त सबै नाटक रहेछ ! मेरो भिसा नआउलाजस्तो भएपछि त केटो पूरै परिर्वतन भयो।

पछि त केटो मलाई माया–प्रेम केहीको मतलब छैन, मात्रै करियरको मतलब छ पो भन्छ ! त्यति मात्र हो र ? उसले यहाँ जातभातको कुरा पनि पो निकाल्न थाल्यो। यतिबेला हामी दुईबीच जातको बखेडा मच्चिरहेको छ। उसैले जब जातको कुरा निकाल्यो, मैले पनि उसलाई फेसबुकमा ब्लक गरिदिएँ। अलि दिनपछि अनब्लक गरेर हेर्दा त ऊ जातै नमिल्ने तामाङ केटीसँग रिलेसनमा रहेको पो देखाइरहेको छ !

यस्ता ढोँगीलाई अब मैले के भन्नु ? मैले उसलाई कसरी कल गरौँ ? यस्ता पाखण्डीलाई अब देख्न पनि नपरोस् भन्ने लागिरहेको छ।

Leave A Comment