रियालाई मिस रोयल डिभाको उपाधि

मङ्गलबार, ०३ मङि्सर २०७६, ०२ : ०३ शुक्रवार
रियालाई मिस रोयल डिभाको उपाधि

मिस रोयल डिभा २०१९ को उपाधि रिया कार्कीले जितेकी छिन्। पोखरा उद्योग वाणिज्य संघको हलमा भएको फाइनल प्रतिस्पर्धामा रियालले ७ जनालाई पछि पार्दै उपाधिसहित मष्ट ब्युटिफुल, वेष्ट स्किन र वेष्ट वाल्कको सव टाइटलसमेत जितिन्।

हेवन्स प्रोडक्सनले गरेको प्रतियोगितामा फस्ट रनरअपसहित बेष्ट फिगर सलिना मगर र अर्गनाइजर च्वाइससहित मष्ट हार्डवर्किङको पुरस्कार सुनिता पुनले जितिन्।

प्रतियोगीलाई बन्द प्रशिक्षणका विभिन्न सीप सिकाएर अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो। प्रतियोगीतामा मष्ट पञ्चुअल प्रिजा गुरुङ, बेष्ट हेयर सुस्मा गुरुङ, मष्ट डिसिपिलिन बबिना छन्त्याल, बेष्ट स्माइल श्रेया शर्मा, मष्ट फ्रेन्कको सबटाइटल कल्पना गुरुङले जितिन्।

Leave A Comment