मधेसका स्टार !

मङ्गलबार, ०३ मङि्सर २०७६, ०१ : ४६ शुक्रवार
मधेसका स्टार !

भोजपुरी फिल्ममा आफ्नो छुट्टै पहिचान बनाएका नायक विराज भट्टलाई मधेसको हिरो पनि भनिन्छ। हुन पनि उनी मधेसको शान नै रहेछन् ! हालै, वीरगंजमा भएको एक कार्यक्रममा नेपाली कलाकारको जम्बो टोली त्यहाँ पुगेको थियो।

नीर शाह अनि सुनिल थापा बाहेकका कलाकारलाई वीरगंजबासीले खासै चिनेका थिएनन्। अधिकांश कलाकार बाटोमै हिँड्दा पनि त्यहाँका बासिन्दाले वास्तासमेत गरेनन्। विराजको भने छुट्टै क्रेज देखियो। त्यो कार्यक्रममा जब–जब विराजको उपस्थिति हुन्थ्यो, त्यहाँका दर्शक विराजलाई भेट्न उर्लिएर आउँथे। मञ्चमा अन्य कलाकारको नाम उद्घोष हुँदा सामान्य ताली बज्थ्यो जब विराजको नाम उद्घोष हुन्थ्यो, माहोल तालीले गुञ्जायमान हुन्थ्यो।

नेपाली भाषाको फिल्ममार्फत् मूलधारमा कमब्याक गर्न संघर्ष गरिरहे पनि मधेसमा भने उनको फ्यान फलोइङ राम्रो रहेछ।

राजेश हमाललाई महानायक भनेजस्तै अब उनलाई टाइटल दिन मरिहत्ते गर्नेले कुन दिन ‘मधेसका स्टार– विराज’ भनेर सम्बोधन गरिदेला भन्ने पीर !

Leave A Comment