ब्वाइफ्रेन्डसँग पहिलोपटक साम्राज्ञी

मङ्गलबार, ०३ मङि्सर २०७६, ०१ : ३६ शुक्रवार
ब्वाइफ्रेन्डसँग पहिलोपटक साम्राज्ञी

नायिका साम्राज्ञी राज्य शाह बालीको घटनादेखि खुल्न थालेकी छन्। समुद्री तटमा प्रेमी देवांश राणासँग खिचेका इरोटिक तस्बिर नै सार्वजनिक भएपछि अब उनलाई लुकाउनु पर्ने पनि के नै छ र ! त्यसैले होला, हिजोआज प्रेमी देवांशबारे निर्धक्क बोल्छिन्। हालै, वीरगन्जमा भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा साम्राज्ञी पहिलो पटक प्रेमी देवांशसँग सार्वजनिक कार्यक्रममा नै देखा परिन्।

यी दुई एकअर्काको हात समातेर कार्यक्रममा प्रवेश गरेका थिए। उनीहरु कार्यक्रममा प्रवेश गर्दा स्टेजमा भने देवांशकी आमा भवानी राणा बोल्दै थिइन्। जे होस्, दृश्य निकै फिल्मी थियो। दुवैले आमा भवानीले दिएको मन्तव्य मज्जाले सुने। जे होस्, देवांशसँग त्यसरी खुला रुपमा प्रस्तुत हुन पाउँदा साम्राज्ञी पनि मख्ख देखिन्थिन्।

मिडियाले दुईको तस्बिर खिच्दा भने केही रिसाएको अभिनय पनि नगरेकी होइनन्। अब त्यसरी सार्वजनिक कार्यक्रममै उपस्थित भएपछि ‘तस्बिर खिच्नी ? अर्कालाई हेप्नी ?’ भनेर रिसाउनुको के फाइदा र ? हैन त, साम्राज्ञी ?

Leave A Comment