नीता र आमेशको समस्या

मङ्गलबार, ०३ मङि्सर २०७६, ०१ : ०८ शुक्रवार
नीता र आमेशको समस्या

नेपाली फिल्म इन्डस्ट्री यति सानो कि कहिलेकाहीँ भेट्नै मन नलाग्नेहरु पनि ठोक्किनुपर्ने हुन्छ। अभिनेत्री नीता ढुङ्गाना र आमेश भण्डारीको ब्रेकअप भएको धेरै भइसक्यो। अहिले यिनीहरु एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन्। तर फिल्म उद्योगको साँघुरो हेर्नुस् त, बरोबर यी दुई सँगै सधैँ भइरहनु पर्ने बाध्यता छ।

हालै एउटा कार्यक्रममा यी दुई जनाले सँगै नृत्य प्रदर्शन गर्नुपर्ने भयो। कार्यक्रममा उनीहरुले मिलेर प्रस्तुति पनि दिए। उनीहरुको प्रस्तुति केमेस्ट्री मिलेको पनि देखिन्थ्यो। तर यसबाहेक उनीहरु एकअर्कासँग बोल्ने त के नजिकिने अवसरलाई पनि सदुपयोग गरेनन्।

मिडियाले कतै मौकामा झ्याप्प समाएर दुवैको सम्बन्धका बारेमा सोधिहाले पनि तौलिएर कुरा गर्छन्। अब अनुहार नै हेर्न मन नपाराउनेहरुलाई पनि यो इन्डस्ट्रीले बारम्बार सँगै बनाइरहेको छ। आमेश र नीतालाई दुःख छ क्या !

Leave A Comment