ज्योतिको सेक्सुअल डिजायर

मङ्गलबार, ०३ मङि्सर २०७६, ०१ : ०१ शुक्रवार
ज्योतिको सेक्सुअल डिजायर

गायिका ज्योति मगर फण्डा गर्न माहिर छन्। कहिले स्टेज, स्टेज नपाए सामाजिक सञ्जाल ! सञ्जालमा बेलामौकामा उनी विवादित कुरा राखिरहन्छिन्। यस्ता फण्डाको उद्देश्य मिडियामा छाउनु नै देखिन्छ। त्यसैले त उनी कहिले बिहे–जोडी चाहियो भनी विज्ञापन गर्छिन् त कहिले उत्तेजक तस्बिर राखेर उनका प्रशंसकको धडकन बढाइदिन्छन्।

यो साता पनि उनले यस्तै केही उत्तेजक काम गरिन्। फेसबुकमा क्लिभेज सहितको तस्बिर राखिन्। जस्तो तस्बिर राखिन्, त्यो ठूलो कुरा भएन किनभने उनको क्लिभेजसहितको तस्बिर यसअघि पनि नदेखिएको होइन। स्तनको क्लिभेजसँगै उनले जे लेखिन्, त्यो चाहिँ चर्चालायक पक्ष थियो।
फोटोको क्याप्सनमा ज्योति लेखिन्, ‘सुन्दरता र कामुकता हाम्रो कमजोरी होइन, शक्ति हो।’

अंग्रेजीमा उनले लेखेकी छन्, ‘यस्, आइएम अ वुमन, एन्ड, आई ह्याभ ब्युटिफुल क्लिभेज विथ लट्स अफ सेक्सुअल डियायर !’

कामुक तस्बिरसँगै कामुक क्याप्सन भएपछि उनलाई पछ्याउनेहरुलाई के चाहियो र ? भरर कमेन्ट आउने नै भयो। पाँच सय ७१ वटा कमेन्टमा अधिकांशले सेक्सिलो र नकारात्मक टिप्पणी नै गरेका छन्। रोचक त के छ भने ती सबैलाई उनले ‘छु मतलब ?’ भनेर बाल गनेकी छैनन्।

Leave A Comment