गफै त होइन होला

मङ्गलबार, ०३ मङि्सर २०७६, १२ : ५३ शुक्रवार
गफै त होइन होला

रेखा थापा गफाडी मात्र होइन, आँटिली अभिनेत्रीका रुपमा चिनिन्छिन्। उनले घोषणा गरेको फिल्म अहिलेसम्म कति त बनेका पनि छैनन्। नबनेका फिल्मले उनलाई गफाडीको ठप्पा लगाइदेला भन्ने पीर बढेर गएको छ।

केही वर्षअघि ‘कसले चो-यो मेरो मन २’ बनाउने हल्ला उनले चलाएकी थिइन्। त्यसले मूर्त रुप नलिँदै ‘मालिका’ बनाउन लागिपरिन्।

३–४ महिनाअघि रेनशा राईलाई अनुबन्धित गरेकी थिइन्। हुन त रेखा त्यस्ती मान्छे होइनन् तर के भयो कुन्नी फिल्मको कथा र नाम पूरै कब्जा नगरी निर्देशकलाई कब्जा गर्नेतर्फ लागिन्।

यसले रेखा हल्लाबाज हुन् भन्ने कुरालाई पुट दिएको छ। हुन त उनलाई देशको यति चिन्ता छ कि फिल्मको चिन्ता गर्ने फुर्सद अलि छैन क्यार ! राजनीति र समाजको चिन्ता सकिएपछि नयाँ फिल्मको चर्चा लिएर आउने होला, कि कसो ?

Leave A Comment