पुष्पको सित्तैमा !

मङ्गलबार, ०३ मङि्सर २०७६, १२ : ४१ शुक्रवार
पुष्पको सित्तैमा !

नेपाली फिल्ममा ५० लाख पारिश्रमिकको चर्चा अझै सेलाइसकेको छैन। अनमोल त ५० लाख लिने मध्येमा गनिएका थिए नै, पछि यस्तो आकर्षक पारिश्रमिक लिनेहरुमध्ये प्रदीपले पनि नाम लेखाउन थाले, अखबारका गसिपमा।

यो रहर पुष्प खड्कालाई पनि थियो कि ! केही मिडियामा उनको पारिश्रमिक अनमोल र प्रदीपकै हाराहारीमा पुग्यो रे भन्ने हल्ला चल्न थाल्यो।

तर पछिल्लो समय एउटा बजार हल्ला सेलाउन पाएको छैन। त्यो हल्ला हो, ५० लाखे गफ दिने पुष्पले ‘मारुनी’ भने सित्तैमा खेलेका थिए।

यस फिल्मका निर्देशक नवल नेपालले पुष्पले फ्रिमै आफ्नो फिल्म खेलिदिएको खुलासा गरेका हुन्। एउटा अनलाइनमा पुष्पले एकपैसा पनि नलिई फिल्म खेलिदिएको नवलले बताएका हुन्।

उनले त केसम्म भने भने, ‘म हिरो–हिरोइनका लागि दस लाखभन्दा बढी दिन सक्तिनँ। मेरा लागि पुष्पले सित्तैमा खेलिदिनु भएको हो।’ र, यसमा नवलले गर्वसमेत गरेका छन्।

अब यस्तो सूचना पाएका अन्य निर्माताले ५० लाखे हिरोलाई कतिमा अभिनय गराउलान् त ? यसरी अरुको बिजनेस ठप्प पारिदिने काम त गर्नु भएन नि, निर्देशकज्यू !

Leave A Comment