अनमोलको धोका !

मङ्गलबार, ०३ मङि्सर २०७६, १२ : ३३ शुक्रवार
अनमोलको धोका !

अनमोल केसीले फिल्म ‘धुपौरे’लाई दिनुसम्म धोका दिए। यही मंसिरबाट छायाङ्कनमा जाने भनिएको फिल्म ‘धुपौरे’लाई उनले धोका दिएका हुन्। आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’को स्क्रिप्ट तयार नभएको भन्दै साम्तेन भुटियाको ‘धुपौरे’ फिल्म साइन गरेका थिए। यसबाट उनले ५० लाख रुपैयाँ पारिश्रमिक लिने कुरा पनि सार्वजनिक भएको थियो।

तर अन्तिम समयमा उनले फिल्मबाट हात झिके। अनमोलको इमेज हिजोआज कस्तो भएको छ भने शुरुमा फिल्म साइने गर्ने र पछि नखेल्ने भनेर हात झिक्ने ! यसअघि पनि छायाँकनका लागि ठिक्क परेको ‘ब्याचलर बन्टी’लाई अचानक आफूलाई फिल्म मन नपरेको भन्दै छाडेका थिए।

फिल्म छायाङ्कनमा जानुअघिसम्म कथा मन पर्ने र अन्तिम समयमा स्क्रिप्ट मन परेन भनेर निर्माण टोलीलाई धोका दिने उनको ट्र्याक रेकर्ड बन्न थालेको छ। उनले फिल्म ‘धुपौरे’को कथावस्तु मन परेको र आफू जुवाडेको भूमिकामा देखिन लागेको बताएका थिए। यति मात्र होइन निर्देशकलाई बाइकमा बोकेर छायांकन स्थल खोज्नसमेत सघाएका थिए। यही फिल्मका लागि दुई महिनासम्म वर्कसपसमेत गरेका थिए।

अनमोलको यस किसिमको मिहिनेत देखेर ‘धुपौरे’ टिम दंग देखिन्थ्यो। हुन त फिल्म उद्योगमा भुवन केसीको विश्वास नगर्नु भन्ने एउटा चर्चित कथन नै थियो। अब त्यो सरेर अनमोलका नाममा नामसारी होला भन्ने पीर बढेर गएको छ।

खैर, यस किसिमको कथा चाहिँ ‘धुपौरे’ टोलीले बढी नै हल्ला गराएको हुँदा शंकाको सुई उनीहरुतर्फ पनि सोझिएको छ किनभने अहिलेसम्म अनमोलको अपोजिट हिरोइनको टुंगो लागिसकेको छैन। हिरोइन पक्का गर्न नसक्ने अनि खाली अनमोललाई भजाएर हिँड्ने फिल्म टोलीको चाला पनि उति निको देखिदैन।

कुन दिन दिमाग सड्केर अनमोलले फिल्म छोडेको घोषणा गरिदिए भने हिरोइन खोज्ने लफडा त ‘धुपौरे’लाई थियो नै, हिरो पनि खोज्ने आपत आइलाग्ला जस्तो छ।

Leave A Comment