‘स्थानीयको स्वागतले गद्गद् छौं’

सोमबार, ०२ मङि्सर २०७६, ०२ : १३ शुक्रवार
‘स्थानीयको स्वागतले गद्गद् छौं’

पर्यटन प्रवद्र्धन र समुन्नतिको अभियान लिएर गृष्मा बोर्डकास्टिङ सातै प्रदेश घुमिरहेको छ। ‘सप्तरंग–२’ को अभियानअन्तर्गत चार प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेका आयोजक गृष्माका अध्यक्ष गृहेन्द्र घिमिरेसँग गरिएको संवाद :

सप्तरंगको दोस्रो श्रृंखलाको प्रतिकृया कस्तो छ ?
कार्यक्रमको तयारी गर्दा हामीले जे परिकल्पना गरेका थियौं, त्यो भन्दा राम्रो छ। हामी जहाँ–जहाँ पुगेका छौं, स्थानीयले हार्दिकतापूर्वक स्वागत गरिरहनुभएको छ। कार्यक्रममा सहभागी कलाकारहरुलाई साथ दिइरहनु भएको छ। स्थानीयको न्यायो आतिथ्यले हामी गद्गद् छौं।

सबैभन्दा गज्जब कार्यक्रम कहाँको लाग्यो ?
सबैतिर राम्रो भयो। स्थानीयको हार्दिकता उस्तै छ। प्रदेश १ मा बिर्तामोडबाट हामीले कार्यक्रमको प्रारम्भ गरेका थियौं। त्यसपछि प्रदेश २ को वीरगञ्ज, प्रदेश नम्बर ३ को चितवन, प्रदेश नम्बर ५ को नेपालगञ्जमा कार्यक्रम आयोजना हुँदा आतिथ्यता उस्तै रह्यो।

जहाँ गए पनि मुख्यमन्त्रीले उद्घाटन गरिरहेका छन् नि, किन ?
हामी भर्खरै संघीय सरकारको अभ्यास गरिरहेका छौं। सम्बन्धित प्रदेशको विकास र समुन्नतिको जिम्मेवारी प्रदेश सरकारको पनि हो। प्रदेश बीचको सम्बन्ध सुमधुर र बलियो बनाउन तथा स्थानीयलाई प्रदेश सरकारप्रति अपनत्व बढाउन आवश्यक छ। त्यसैले हामीले सप्तरंगको पहिलो अभियान नै सात प्रदेशबीच सुमधुर सम्बन्धमा केन्द्रित गरेका थियौं, जुन सफल भयो। पर्यटन वर्ष २०२० मा सघाउनु पनि हाम्रो लक्ष्य हो। यो प्रदेश सरकारको पनि जिम्मेवारी भएकाले कार्यक्रममा प्रदेश नेतृत्वलाई सहभागी गराएका हौं। अन्य त्यस्तो केही हैन।

परदेश सरकारको सहभागिता कस्तो छ त ?
उहाँहरुले हार्दिकतापूवर्क सघाइरहनुभएको छ।

दोस्रो श्रृंखला सम्पन्न हुँदैछ। यसपछि पनि यसले निरन्तरता पाउँछ ?
सात श्रृंखलासम्म निरन्तर कार्यक्रम आयोजना हुन्छ।

Leave A Comment