हमालको पुर्ख्याैली घरमा सप्तरंग टिम

सोमबार, ०२ मङि्सर २०७६, ०२ : ०६ शुक्रवार
हमालको पुर्ख्याैली घरमा सप्तरंग टिम

सांगीतिक कार्यक्रम ‘सप्तरंग २’ को कमान्ड गरिरहेका नायक राजेश हमाल पुख्र्यौली घर रजहर पुगे। साढे २ तलाको उनको पुख्र्यौली घर खण्डहर समान बनिसकेको थियो। आफ्नो पुख्र्यौली घर हेर्दा उनी निकै भावुक बनेका थिए।

सप्तरंगको सात प्रदेशमा हुने प्रस्तुतिमध्ये तेस्रो प्रस्तुति चितवनमा भएको थियो। चितवनको प्रस्तुति सकेर नेपालगञ्ज जाने क्रममा सप्तरंग २ को टिमसहित उनी रजहर पुगेका थिए। पुख्र्यौली घरको आँगनमा बसेर उनले सप्तरंग २ समूहसँग तस्बिरसमेत खिचाएका थिए।

पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाएर शुरु भएको सप्तरंग २ ले बिर्तामोड, वीरगंज, चितवन र नेपालगञ्जमा कार्यक्रम आयोजना गरिसक्यो। चारै प्रदेशमा भएको कार्यक्रम प्रदेश प्रमुखहरुले उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा सहभागी मुख्यमन्त्रीहरुले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउने बताएका थिए।

दोस्रो शृंखलामा अभिनेता हमाल, गायक सुगम पोखरेल, हास्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड सहभागी छन्। बिर्तामोडबाट शुरु भएको अभियान पोखरामा समापन हुने आयोजक गृहेन्द्र घिमिरेले जानकारी गराए। गृष्मा बोर्डकास्टिङले आयोजना गरेको सप्तरंग अभियानको पहिलो श्रृंखला सात प्रदेशबीच सद्भाव बढाउन केन्द्रित थियो।

Leave A Comment