शक्ति भित्र्याउन लप्पन छप्पन

बिहिबार, २८ कार्तिक २०७६, १२ : ०६ शुक्रवार
शक्ति भित्र्याउन लप्पन छप्पन

फिल्मको नामै ‘लप्पन छप्पन’ भएपछि हल्का फिल्मी टिममा ‘लप्पन छप्पन’ पनि हुने नै भयो। फिल्म युरोपमा सुटिङ गर्ने भन्दै टिमै उता पुग्दा शुरु भएको लप्पन छप्पनले भने फिल्म निर्माण टोलीलाई नै घाटा हुने पो देखियो !

कुरो के भने, फिल्म अस्ट्रेलियामा सुटिङ गर्ने भन्दै टिमै उता पुगेपछि तोकिएको समयमा सुटिङ हुन पाएन। यसपछि मुख्य भूमिकामा रहेका कलाकार दयाहाङ राईले फिल्म छाडिदिए। उनले फिल्म छाडेपछि उनको ठाउँमा कलाकार राख्न शुरु भएको लप्पन छप्पनमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ प्रवेश गरे। अस्ट्रेलियामै बस्ने शक्तिको फिल्मी अनुभव भने उनको बाबु नेपाली फिल्मका नायक हुनु मात्रै हो।

उनको अभिनय कला अहिलेसम्म दर्शकमाझ परिक्षण हुन सकेको छैन। डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को सुटिङ नै पूरा हुन नसकेको बेला ‘लप्पन छप्पन’ टिमले शक्ति भित्र्याउन गरेको लप्पन छप्पन फाप्छ या फाप्दैन, केही समयमै देखिइहाल्ला। अहिलेलाई हामी तमासे बनिहेरौँ न !

Leave A Comment