करोडको कारमा अनमोल

बिहिबार, २८ कार्तिक २०७६, ११ : ३६ शुक्रवार
करोडको कारमा अनमोल

अनमोल केसीलाई हिजोआज मेगा स्टार भनेर पनि सम्बोधन गरिन्छ। अब मेगा स्टार भएपछि हरेक कुरा पनि त्यस्तै मेगा हुनुप-यो नि !

त्यसैले होला मेगा स्टारले आफ्नो स्टारडम बढाउन सेतो कार किनेका छन्। एक करोडको कार त अब स्टारले न चढ्ने हुन् ! जे होस्, बुबासँगै जहाँ पनि हिँड्ने अनमोल अब एक करोडको कारमा देखिनेछन्।

अब पारिश्रमिक नै ५० लाख लिने अनमोलका लागि एक करोड त दुई वटा फिल्म अभिनय गर्दा नै आउने भयो। अनमोलसँग प्रतिस्पर्धा गर्ने हिरोहरुलाई चैँ यसले पक्कै तनाव दिन्छ।

Leave A Comment