दुई वर्ष पहिले १४ कात्तिकमा तिम्रो र मेरो भेट भएको थियोे। सम्मानस्वरुप मिठो सम्झना गर्न चाहन्छु। त्यो दिन जब तिमीलाई पहिलोपटक देखेको थिएँ। खुसी थिएँ। केही पाएँ भन्ने भएको थियो। छोटो समयका लागि भए पनि तिमीसँग बिताएका पलहरु निकै महत्वपूर्ण थिए। यो क्रम धेरै रहन पाएन। तिम्रो र मेरो दूरी टाढिनुका साथै मायाको दूरी पनि टाढियो।
केही महिनाअघि हाम्रो सम्बन्ध टुट्यो। यदि हाम्रो सम्बन्ध नटुटेको भए आजकै दिन दुई वर्ष पुग्थ्यो। सायद हामीले उत्सव मनाइरहेका हुन्थ्यौँ। जो सँग बढी आत्मीयता भयो उसैसँग छिटो सम्बन्ध छुट्दो रहेछ। मिठो र न्यानो सम्झना तिमीलाई। खुसी हुनू जीवनको अगाडिको यात्रा सफल रहोस् तिम्रो धेरै धेरै सम्झना...र धेरै धेरै माया।
Leave A Comment