कमाण्डर ज्ञानेन्द्र

शनिबार, २३ कार्तिक २०७६, १२ : ५२ शुक्रवार
कमाण्डर ज्ञानेन्द्र

पारस खड्काको राजीनामा सँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको कमाण्ड ज्ञानेन्द्र मल्लको हातमा पुगेको छ। खड्काको आकस्मिक राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई राष्ट्रिय टिमको कमाण्डर चयन गरेको हो।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिकामा थिए। क्यानको अध्यक्ष, सचिव र प्राविधिक समितिको छलफलले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिने निर्णय गरेको हो।

ज्ञानेन्द्र कप्तानमा चयन भएसँगै पारसले प्रतिक्रिया दिँदै उनी सो पदका लागि योग्य भएको बताएका थिए भने ज्ञानेन्द्रले राष्ट्रिय टिमको नेतृत्वको जिम्मेवारी पाउनु महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

लामो समय उमेर समूहका विभिन्न प्रतियोगितामा सहभागी भएका उनी सन् २००५ मा राष्ट्रिय टोलीमा परे पनि सन् २००६ मा मात्र नामिबियाविरुद्घ ‘डेब्यु’ खेल खेलेका थिए।

एसीसी ट्रफीमा खेलेको ‘डेब्यु’ खेलमा उनले ७९ रन बनाएका थिए भने खेलमा ५८ रन बनाए र क्वार्टरफाइनलमा ५० रन जोडेर लगातार तीन खेलमा अर्धशतक रन बनाएपछि उनी राष्ट्रिय टोलीमा महत्वपूर्ण खेलाडीका रूपमा स्थापित भएका थिए।
 

Leave A Comment