गोविन्दा नेपालमा

बिहिबार, २१ कार्तिक २०७६, १२ : ३६ शुक्रवार
गोविन्दा नेपालमा

वीरगञ्जमा आयोजित चलचित्र महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। विहीबार महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ। सोही कार्यक्रममा सहभागी हुन नेपाल आएका अभिनेता गोविन्दा पहिला काठमाडौं आएका थिए। सोमबार काठमाडौं उत्रिएका उनीसँगै अभिनेत्री निरुता सिंहसमेत आएकी थिइन्। सिंह पछिल्लो समय भारतको मुम्बई बस्दै आएकी छन्।

गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा पनि नेपाल आएकी छन्। आहुजा नेपाली मूलकी हुन्। चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो फिल्मी अनुभव सहभागीमाझ पस्कनेछन्।

Leave A Comment