वर्षाको डेटिङ

शनिबार, १६ कार्तिक २०७६, ०२ : ३२ शुक्रवार
वर्षाको डेटिङ

अभिनेत्री वर्षा सिवाकोटीको पछिल्लो समय निर्देशक मिलन चाम्सँगको प्रेमको हल्ला चलेको थियो। फिल्म ‘वीर विक्रम २’को प्रदर्शनताका दुईको प्रेमको गसिप निकै चल्तीमा थियो। वर्षाले भने यस कुरालाई अस्वीकार गर्दैैै आएकी थिइन्।

यतिबेला भने वर्षाको आफ्ना वास्तविक प्रेमी सार्वजनिक गरेर निर्देशकसँगको रोमान्स कसरी हल्ला मात्र थियो भन्ने पुष्टि गरिदिएकी छन्।

उनका ब्वाइफ्रेन्ड अमेरिकामा बस्दै आएका सविनजंग थापा हुन्। वर्षा अहिले सविनलाई भेट्न अमेरिकामा पुगेकी छन्। सविनको इन्स्टाग्राम स्टोरीभरि अहिले वर्षा छाएकी छन्। वर्षा पनि तस्बिरमा ब्वाइफ्रेन्डसँग निकै रमाइलो मुडमा देखिन्छिन्।
दशैंपछि नै वर्षा अमेरिका उडेकी हुन्। अब कुरा काट्नेले त सविनसँगको सम्बन्धलाई पनि काट्ने होलान् नि !

Leave A Comment