स्वस्तिमा र निश्चलको घुमघाम

बिहिबार, ०७ कार्तिक २०७६, ११ : ११ शुक्रवार
स्वस्तिमा र निश्चलको घुमघाम

पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्का फिल्महरुमा साह्रै व्यस्त भइन्। अब दसैंमा कुनै फिल्मको सुटिङ नभएपछि उनले पनि व्यस्त जिन्दगीबाट छुट्टी पाइन्। यही छुट्टीमा पति निश्चल बस्नेतसँग उनको दसैं बित्यो।

यसपालि यी दुई रियल लाइफका जोडीले टीका थापेनन्। त्यसैले थाप्नु नपरेपछि दुवैजना विदेश घुम्न पुगे। अभिनेत्री स्वस्तिमाले समुद्री तटमा खिचेका तस्बिर पनि सामाजिक सञ्जाल इन्स्टाग्रामतिर सार्वजनिक गरेकी छन्।

तस्बिरमा उनी हट अवतारमा देखिएकी छन्। एक तस्बिरमा त स्वस्तिमा र निश्चल रमाइलो मुडमा देखिन्छन्। जे होस्, दसैंमा यी दुईले एकअर्काका लागि समय जुराएछन्। यसपछि भने दुवै जना ‘घामड शेरे’को प्रचारमा व्यस्त हुनेछन्।
अब यो जोडीलाई हिट फिल्म पनि त चाहियो नि ! डुलेर मात्रै हुन्छ र ?

Leave A Comment