सासूकी पियारी

बिहिबार, ०७ कार्तिक २०७६, १० : ५७ शुक्रवार
सासूकी पियारी

अभिनेत्री प्रियंका कार्कीलाई रविना देशराज जोशी श्रेष्ठले बुहारी नै मानिसकिन्। प्रियंकाले पनि सुरुवातदेखि नै छोरा आयुष्मानको मात्र होइन, सासू रविनाको पनि मन जितिसकेकी छन्।

पछिल्लो समय यी दुई ‘सासू–बुहारी’ विभिन्न -याम्प सोमा एकसाथ देखिए पनि। सासू–बुहारीको स्विमिङ पुलमा खिचिएको स्विमसुट तस्बिरले एक समय इन्डस्ट्रीमा तहल्का नै पिटेको थियो। जे होस्, कसैको सासूबुहारीको जोडी होस् त यस्तो !

कसैले सासू फकाउने कला यिनै प्रियंकाबाट सिकोस् ! बरु यिनले सासू फकाउने सूत्र भनेर लेखिदिए पनि धेरैको उद्धार हुन्थ्यो क्यार !

Leave A Comment