स्पामा बिपाशा

बुधबार, २६ साउन २०७३, १० : ४५ शुक्रवार , Kathmandu
स्पामा बिपाशा

हालसालै अभिनेता करण सिंह ग्रोवरसँग विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री बिपाशा बसु हनिमुनको ह्याङओभरबाट अझैसम्म मुक्त हुन नसकेको चर्चा बलिउडसम्बन्धी समाचार दिने अनलाइनहरूमा चलिरहेको छ । छुट्टी मनाउन श्रीमान्सँग नयाँनयाँ ठाउँ गइरहने बिपाशाले पछिल्लो पटक स्पाको मज्जा लिन तम्तयार अवस्थाको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि अनलाइनहरूले यस्तो चर्चा चलाएका हुन् ।
गत साता बिपाशाले नदी किनारको एउटा रिसोर्टमा पति करणसँगै स्पाको आनन्द लिइन् । उस्तै खालको बाथरोब लगाएर उनले करणसँग तस्बिर पनि खिचिन् र इन्स्टाग्राममा अप्लोड गरिन् । ‘नदी छेउको स्पामा अनुभव गरेको आनन्ददायक क्षणबाट म धन्य भएकी छु,’ तस्बिरको क्याप्सनमा उनले लेखिन् ।  

 

 

Leave A Comment