सी जिनपिङको भोजमा श्वेता

शनिबार, ०२ कार्तिक २०७६, ०१ : ५२ शुक्रवार
सी जिनपिङको भोजमा श्वेता

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा ‘स्टेट डिनर’ आयोजना गरिन्। त्यो भोजमा गिनेचुनेका नेताले पनि निम्तो पाएनन्। यस्तोमा कलाकारको उपस्थिति नहुनु सामान्य नै हो। तर सीको भोजमा केही नेता छुटे पनि कलाकार देखिए है ! कलाकारको प्रतिनिधित्व गरेको देखियो अभिनेत्री श्वेता खड्काले।

श्वेतालाई स्टेट डिनरमा निम्ता आएपछि उनले स्वागत कार्डसहितको तस्बिर फेसबुकमा पोट्याइन्। चिनियाँ राष्ट्रपति सहभागी हुने डिनरका लागि उनी गुलाबी रङको साडीमा पुगिन्।

उनले रात्रीभोजमा सहभागी हुन जाँदाका तस्बिर सार्वजनिक पनि गरिन्। तस्बिरमा श्वेताको उत्साह मज्जाले देखिन्छ। यति महत्वपूर्ण कार्यक्रममा निम्तालु हुन पाउँदा को खुसी हुँदैन र !

Leave A Comment