लोक स्टार : रुवाए पविन्द्रले

शुक्रबार, ०१ कार्तिक २०७६, १२ : ५६ शुक्रवार
लोक स्टार : रुवाए पविन्द्रले

यो साता लोकस्टारको उत्कृष्ट पाँच प्रतिस्पर्धा सकियो। यो साताको एपिसोडमा उत्कृष्ट पाँचमा पविन्द्र सुनार, सनी विश्वकर्मा, चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपाली पुगेका थिए।

सुदुर पश्चिमको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिन आएका पविन्द्रले लोभलाग्दो प्रस्तुति दिँदै प्रतियोगिताको फाइनलको नजिकै पुगेका थिए तर भाग्यले साथ नदिँदा उनी फाइनल चरणको ढोकैमा पुगेर बाहिरिए। फाइनलको ढोकैमा पुगेर बाहिरिनु पर्दा उनले आँशु थाम्न सकेनन्। उनको हिक्कहिक्कका कारण कार्यक्रममा सहभागी दर्शकको समेत आँशु उर्लाएको थियो।

उत्कृष्ट पाँचमध्ये पविन्द्र बाहिरिएसँगै फाइनलमा सनी विश्वकर्मा, चेतन गोतामे, विनोद दनुवार र रामकुमार नेपाली पुगेका छन्।

Leave A Comment