गद् गद् छिन् गोमेज

सोमबार, २४ साउन २०७३, ०१ : २७ शुक्रवार
गद् गद् छिन् गोमेज

गायिका सेलेना गोमेज अहिले मख्ख छिन् । यसको दुइटा कारण छन् । पहिलो, उनले एउटा अवार्ड जितेकी छिन् । र दोस्रो, प्रेमी जस्टिन बिबरसँग संयुक्त रूपमा उनले अवार्ड जितेकी हुन् ।
यसपालिको ‘टिन च्वाइस अवार्ड’ गोमेज र बिबरलाई प्रदान गरिएपछि गोमेजले बिबरसहित अन्य साथीभाइसँग खुशीयाली बाँडेकी छिन् । केही अघि जस्टिन र गोमेजको प्रेममा बिराम लागेको थियो । दुवैजनाबीच भेटघाट, कुराकानीसमेत हुन छाडिसकेको थियो । तर, आपसी असमझदारीलाई चिर्दै दुवैले केही महिनाअघि प्याचअप गरेका थिए । त्यसयता उनीहरू चखेवा जोडीजस्तै सँगै देखिँदै आएको सन्दर्भमा उनीहरूलाई अवार्ड प्रदान गरिएको हो ।  

 

Leave A Comment