शकुन्तला बन्दै विद्या

बुधबार, १५ असोज २०७६, ०२ : ११ शुक्रवार
शकुन्तला बन्दै विद्या

फिल्म ‘मिसन मंगल’को सफलतापछि बायोपिकमा विद्या बालनको चार्म बलिउडमा ह्वात्तै बढ्यो। अनेक बायोपिकको अफर आयो उनलाई तर सहजै एसेप्ट गरिनन् उनले। अहिले उनी शकुन्तलादेवी बन्ने तयारीमा रहेको चर्चा चुलिइरहेको छ।

यो फिल्म गणितकी शिक्षिका शकुन्तला देवीको जीवनीमा आधारित हो। शकुन्तलाको क्षमता देखेर उनलाई ह्युमन कम्प्युटरसमेत भनिन्छ।

उनी आफैंले अब आफू शकुन्तला बन्ने तयारीमा रहेको खुलासा गर्दै सामाजिक सञ्जालमा तस्बिरसमेत सेयर गरिसकिन्। तस्बिरमा उनको लुक्स शिक्षिकाको बान्कीसँग ठ्याक्कै म्याच गरेको देखियो।

Leave A Comment