रसरंगमा मस्त नरगिस

सोमबार, २४ साउन २०७३, ०९ : ५९ शुक्रवार , Kathmandu
रसरंगमा मस्त नरगिस

बलिउड अभिनेता उदय चोपडासँग ब्रेकअपपछि अभिनेत्री नरगिस फखरी बलिउडबाट सधैँका लागि टाढिएको खबर मिडियामा थुप्रै आए । तर, केही दिनअघि उनका पोस्ट भएका तस्बिर हेर्दा लाग्छ– आजभोलि उनी खूब मोजमस्ती र रमाइलो गरिरहेकी छिन् । मिडियामा आएका खबरअनुसार उदय चोपडासँग सम्बन्ध टुटेपछि नरगिस दुःखी थिइन् । त्यसैले उनी बलिउड छोडेर गइन् । तर, ग्रिसबाट उनले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् । ती तस्बिरमा नरगिसले आफ्नो सुन्दर जीवनलाई ‘इन्जोय’ गरिरहेको देखिन्छ । अहिले उनले छुट्टी मनाइरहेकी छिन् । तर, त्यहाँ उनी एक्ली भने छैनन् । आफ्ना साथीहरूसँग छुट्टीको आनन्द लिइरहेकी छिन् । समुद्रछेउमा साथीहरूसँग रमाइलो गरिरहेका तस्बिर उनले पोस्ट गरेकी छिन् । उनीहरूसँग एउटा बच्चा पनि छ । बच्चासँगका केही तस्बिर उनले पोस्ट गरेकी छिन् । यी तस्बिरमा उनी बिकिनीमा देखिएकी छिन् । आफूले बलिउड छोड्ने र अमेरिका फर्किने योजना बनाएको भन्ने खबर गलत भएको उनले बताएकी छिन् । नरगिसको अर्को फिल्म ‘बंजो’ सेप्टेम्बरमा रिलिज हुनेछ ।

 

Leave A Comment