दिशाको टोन्ड बडी

बुधबार, ०८ असोज २०७६, ०१ : ०९ शुक्रवार
दिशाको टोन्ड बडी

बलिउडमा नायिका दिशा पटानी फिट एक्ट्रेसका रुपमा समेत चिनिइन्छिन्। उनी आफ्नो स्वास्थ्यमा निकै सचेत नायिकामध्ये पर्छिन्। हालै उनी विमानस्थल बाहिर फेला परिन् र फोटोमा कैद भइन्। फोटोमा चर्चा भएझैँ उनको टोन्ड बडी देखियो।

मुम्बई विमानस्थलमा ब्ल्याक ड्रेसमा रहेकी उनी निकै फिट देखिएकी थिइन्। उनी ब्ल्याक क्राप टप्ससँगै म्याच हुने जगर्समा थिइन्। तस्बिरमा उनको टोन्ड बडी र उब्स फ्लान्ट गरिरहेको थियो। खुल्ला कपालले उनलाई थप सुन्दर देखाएको थियो।

उनी अभिनेता टाइगर श्राफसँगको रिलेसनका कारण समेत चर्चामा आउने गर्छिन् तर दुवैले आफ्नो सम्बन्ध सार्वजनिक रुपमा स्वीकार भने गरिसकेका छैनन्। प्रायः उनीहरु सँगै फेला परिरहने हुनाले उनीहरुको अस्वीकारलाई कसले पो सत्य मान्छ र !

Leave A Comment