क्रुद्ध काइली

आइतबार, २३ साउन २०७३, ११ : ५१ शुक्रवार , Kathmandu
क्रुद्ध काइली

हलिउड अभिनेत्री काइली जेनरले आफ्नो गर्भबारे सञ्चारमाध्यममा आएका टीकाटिप्पणीमा प्रतिक्रिया जनाएकी छिन् । केही समयअघि उनले प्रेमी टाइगाका तर्फबाट एउटा बच्चाको अपेक्षा गरेको बताएकी थिइन् । उनले यस्तो बताएको केही समयपछि टाइगाले काइलीलाई गर्भवती बनाइसकेको चर्चा सञ्चारमाध्यममा चलेको थियो ।
यस्तो चर्चा बढी नै चलेपछि काइलीले यसबारे प्रतिक्रिया जनाउँदै आफू गर्भवती नभएको स्पष्ट पारेकी छिन् । अहिले नै आफू गर्भवती भइसकेको जस्तो नचाहिँदो हल्लाबाट आफू क्रुुद्ध भएको उनले निकटस्थहरूसँग बताएको उनीनिकट स्रोतलाई उद्धृत गर्दैै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Comment