मिलिन्दको लिपलक

सोमबार, २३ भदौ २०७६, ०१ : ५२ शुक्रवार
मिलिन्दको लिपलक

बलिउड एक्टर मिलिन्द सोमन प्रेमको मामलामा निकै उदार छन्। नेकेड मोडलिङ गरेर चर्चामा आएका उनले हालै विवाह गरे प्रख्यात मोडल अंकिता कँवरसँग। रोचक के छ भने मोडल अंकिता मिलिन्दभन्दा २६ वर्ष कान्छी छिन्। तर उमेरले उनीहरुको प्रेमलाई विवाहसम्म पुग्न रोक्न सकेन।

उनीहरु अहिले घुमघाममा मस्त छन् र सामाजिक सञ्जालमा प्रेमिल तस्बिर सार्वजनिक गरिरहेका छन्। उनीहरुको तस्बिरलाई उनका फ्यानहरुले पनि रुचाइरहेका छन्। हालै यो जोडी अफ्रिका पुगेर लिपकल तस्बिर सार्वजनिक ग-यो। अहिले ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

अंकितालाई २६ औं जन्मदिनको शुभकामना दिँदै उनले सो फोटो सेयर गरेका थिए। प्रायः यस्ता तस्बिर सार्वजनिक भएपछि खुब आलोचना हुनेगर्छ सेलिब्रिटीको। तर उनका फ्यानहरुले लिप लप फोटोलाई पनि सहज रुपमा लिएका छन्। भनेपछि फ्यानहरु पनि समयसँगै अपग्रेड हुँदैछन् !
 

Leave A Comment